धर्मभक्त माथेमा, व्यवसायिक शारिरीक सुगठनका पहिलो नेपाली खेलाडी
वि.सं.१९६६ असोज ९ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका धर्मभक्त माथेमाले भारतको दार्जलिङबाट शिक्षा आर्जन गर्नुभएको थियो । उहाँका पिता आदिभक्त माथेमा राणा शासनमा सुब्बा तहको सरकारी कर्मचारी हुनुहुन्थ्यो ।
इतिहासकारहरूका अनुसार दुई पटकसम्म फाँसी लगाइएको डोरी चुँडिने र हाँगो लच्किएने भएपछि नरशमशेरले बेहोस हुने गरेर कुट्न लगाएर झुण्ड्याएर प्राण लिएको थियो राणा सरकारले।
बाल्यकालमा उहाँ निकै दुब्लो र पातलो धर्मभक्त माथेमालाई दुबलो र पतलो भएका कारण साथीहरुले निकै गिज्याउँथे । कलकत्ता हुँदा उहाँ शरीर बनाउन जिमखाना भर्ना हुनुभयो । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हाँसिल गरेर उहाँ बंगाल च्याम्पियन समेत बन्नुभएको थियो । कलकत्ताबाट काठमाडौं फर्केर उहाँले ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गर्नुभयो । उहाँको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उहाँको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे ।
एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उहाँको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित हुनभयो । पछि त्रिभुवनले उहाँलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गर्नुभयो ।
धर्मभक्त माथेमा नेपालको राजनीतिक आन्दोलनको नेतामात्र नभएर देशको एक उत्कृष्ट खेलाडी समेत हुनुहुन्थ्यो । माथेमा माथेमा सम्भवतः नेपालको पहिलाे शारीरिक सुगठनका खेलाडी थिए जसले राणाकालीन समयअन्तर्गत वि.सं १९९० को दशकतिर काठमाडौं टुंडिखेलको खुला चौरमा बलिष्ठ शरीरद्वारा पहिलोपटक शारीरिक सुगठन खेलको प्रदर्शनी गर्नुभएको थियो । नेपाल व्यायाम मन्दिरले उनै धर्मभक्त माथेमाको शारीरक सुगठनप्रतिको लगाव र योगदानलाई कदर गर्दै उहाँको स्मृतिमा हरेक साल धर्मश्री देशव्यापी* शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्रथम पटक वि.सं २०४२ सालमा नेपाल व्यायाम मन्दिरबाटै अन्तर क्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको शुरुआत भयो।
माथेमाले अध्ययन र राजनीतिसँगै उहाँले आफ्नो खेल क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाउनुभयो माथेमा नेपालको पहिलो व्यवसायिक शारीरिक सुगठक (प्रोफेसनल बडी बिल्डर) समेत हुनुहुन्थ्यो भने नेपालमा आधुनिक शारीरिक सुगठन प्रविधि भित्र्याउने श्रेय पनि उहाँलाई नै जान्छ ।
राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम सम्बत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभयो । राजा त्रिभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उहाँ लगायत धैरैजनालाई पक्राउ गरियो । उहाँलाई राणाहरुले १९९७ माघ १३ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए । इतिहासकारहरूका अनुसार दुई पटकसम्म फाँसी लगाइएको डोरी चुँडिने र हाँगो लच्किने भएपछि नरशमशेरको आदेशमा बेहोस हुने गरेर कुट्न लगाई झुण्ड्याएर उनको प्राण लिएको थियो तत्कालीन राणा सरकारले।
सन्दर्भ सामाग्री
पुरूषोत्तम शमशेर जबरा
उज्यालो अनलाइन
विभिन्न सामाजीक सञ्जालहरू

