शुक्रराजका बाबुले देवशम्शेरलाई भने, तपाँई तीन वर्ष भित्र प्रधानमन्त्री हुनुहुनेछ तर छिट्टै पदच्युत

पढ्न लाग्ने समय : २ मिनेट
शुक्रराजका बाबुले देवशम्शेरलाई भने, तपाँई तीन वर्ष भित्र प्रधानमन्त्री हुनुहुनेछ तर छिट्टै पदच्युत

माधवराज जोशीको जन्म वि.सं १९१६ को जेठ महिनामा पाटनको बकुंवहालको राजज्योतिषी खलकमा भएको थियो । पुख्र्यौली पेशाका रुपमा ज्योतिषशास्त्रको ज्ञानमा दखलता दिन १९४८ साल ताका बनारसमा गई गणित ज्योतिष अध्ययन गरेका थिए ।
बनारसमा ज्योतिषशास्त्रमा विज्ञता हासिल गरेका माधवराजलाई देवशम्शेरले आफ्नो दरबारमा बोलाए । रानीसाहेब कृष्णकुमारीले देवशम्शेरलाई आफ्ना जेठा छोरा जंगशम्शेरका लागि कुन कन्या विवाह गर्दा शुभ होला भनी कन्याको चिना देखाउन त्यहाँ जम्मा गराइएका करीब १ दर्जन नामी ज्योतिषीहरुमध्ये माधवराजले लेखेको जन्मकुण्डलीको फलमा नै कन्याको स्वभावबारे सबैभन्दा बढी मिल्ने कुरा बताइन् । मावधराजले तीन वर्षभित्र नै देवशम्शेरलाई छत्रप्राप्ति पद हुने र त्यसको केही महिनापछि  छत्रभंग हुने सम्भावना पनि भएको कुरा भने । नभन्दै त्यसो केही वर्षभित्रै (वि.संं १९५७ फाल्गुन) महाराज वीरशम्शेरको कलेजोसम्बन्धी रोगका कारण देहान्त भयो । रोलक्रमअनुसार चीफ साहेब (कमाण्डर इन चीफ) देवशमशेरले प्रधानमन्त्रीको साथै श्री ३ महाराज बने । उनले आफ्नो सिन्दूरजात्रा काठमाण्डौ, ललितपुर, भक्तपुर, नगरकोट लगायत ६ स्थानमा गरे । श्री ३ भएको उपलक्ष्यमा उनले दुई महिनासम्म जुवा फुकाए ।

देवशम्शेरले काठमाण्डौ उपत्यकाभित्र पचास विद्यालय स्थापना गराए जसमध्ये पहिलो विद्यालय पाटनको यट्खाटोलमा महारानी कृष्णकुमारीका हातबाट उद्घाटन गर्न लगाए । उनले स्थापना गराएका धेरै विद्यालयहरु देवशम्शेरको बर्हिगमनसँगै बन्द भए ।

पाटन दरबार क्षेत्रमा श्री ३ देवशम्शेरको सिन्दूरजात्रा ।
पाटन दरबार क्षेत्रमा श्री ३ देवशम्शेरको सिन्दूरजात्रा ।

देवशम्शेरकै पालादेखी टुँडीखेलमा मध्यान्ह तोप पड्काउने चलन सुरु भयो जुन ८८ वर्षपछि (वि.सं.२०४५ बैशाख १) हटाइयो । देवशम्शेरकै पालामा करिया अमलेख (दासता उन्मूलन) को प्रयास थालिएको थियो जसले पछि उनका भाई चन्द्रशम्शेरले मूर्तरुप दिए ।

देवशम्शेर नेपालका श्री ३ भएको बेलामा गरिएको र आजपनि उनको नाम रहने काम गोर्खापत्र (गोरखापत्र) का प्रकाशन सुरु हुुनु हो । वि.सं. १९५८ असार १० गते दरबार हाइस्कूलमा आयोजित वार्षिकोत्सव समारोहपछि सेतो दरबारमा ठूल्दाई वीरशम्शेरका छोराहरुको सम्पत्ती विवाद सल्ट्याउने निहुँमा जबरजस्ती श्री ३ बाट बर्खास्त गरियो । तत्पश्चात उनी धनकुटा धपाइए भने वि.संं १९७० मा भारतको उत्तराखण्डस्थित मसूरी शहरमा निधन भयो ।
निधन भएको एक शताब्दीभन्दा बढी समयपछि पनि नेपालमा उदारवादी प्रधानमन्त्रीका रुपमा देवशम्शेरलाई लिने गरिन्छ । उनले नेपालमा जनताको सहमति लिएर शासन गर्न खोजे जुन उनको इतिहासकै थोरै अवधि प्रधानमन्त्री हुने व्यक्तिको सूचीमा नाम लेख्ने मुख्य कारण बन्यो ।

सन्दर्भ सामाग्री

A Century of Family Autocracy in Nepal, DR Regmi
शहीद के कलम शे, शुक्रराज शास्त्री
महाराज देव शम्शेरको जीवनी, प्रकश ए. राज
जोहान्स बोर्नमेन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *