यस्ता छन् विधान लामाले ओलम्पिकमा कास्य पदक जित्दाका तस्विरहरू

पढ्न लाग्ने समय : १ मिनेट
यस्ता छन् विधान लामाले ओलम्पिकमा कास्य पदक जित्दाका तस्विरहरू

हरेक वर्ष २३ जुनका दिन विश्वका विभिन्न २०७ देशमा ओलम्पिक दिवस मनाइन्छ । सन् १८९४ मा जुन २३ का दिन पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ ।

नेपालको एकमात्र पदक

विश्व च्याम्पियनसिपमा पदक जितेकाहरूलाई सोल ओलम्पिक सन् १९८८ मा सोझै खेल्न बोलाइएको थियो । नेपालका विधान लामा पनि त्यसैमा परेका थिए । विधानको तौल समूहमा १६ खेलाडी थिए । पहिलो चरणमा विधानले इङ्ल्यान्डका खेलाडीलाई ढालेका थिए । विधानको काउन्टर किक राम्रो थियो । तर उनले ओलम्पिकको पहिलो खेलमा विपक्षीलाई ढाल्न हुक किक प्रयोग गरेका थिए । दोस्रो चरणमा जर्मनीका खेलाडीलाई पनि पराजित गरे ।

सेमिफाइनलमा अमेरिकी खेलाडीसँग हारे पनि विधान कास्य पदकको हकदार भइसकेका थिए । ओलम्पिकमा खेल्न पाएकोमै विधान उत्साहित थिए । विधानकै भाषामा भन्ने हो भने उनी फुरुङ्ग परेका थिए । उनलाई तेक्वान्दो ओलम्पिकमा प्रदर्शनी खेलमा राखिएको भन्ने थाहा थिएन । पदक जितेपछि मात्र उनले आधिकारिक पदक नभएको थाहा पाएका थिए । यसले उनलाई खिन्न पारेको थियो । संयोग कस्तो रह्यो भने नेपाली तेक्वान्दो खेलाडीको रूपमा विधानको यो नै अन्तिम खेल थियो ।

१९८८ को सोल ओलम्पिकमा विधान लामाले प्रदर्शनी खेलमा राखिएको तेक्वान्दोबाट नेपालका लागि कास्य पदक जितेका थिए । जुन आधिकारिक पदकमा गनिँदैन । नेपाली खेलकुद इतिहासमा ओलम्पिक पदकधारीको नाम आयो भने कोसेढुंगा जसरी विधान लामाको नाम स्थापित छ ।

गृष्मकालीन ओलम्पिकमा नेपाली खेलाडीले अझै आधिकारिक पदक जितेका छैनन् । त्यसैले अहिले पनि विधानले प्रदर्शनी खेलमा जितेको त्यो कास्य पदक नै नेपालले गर्व गर्ने विषय हो ।

सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *