दुखेको दाँत निको पार्ने काठमाण्डाैका दुई वास्या: द्यो

पढ्न लाग्ने समय : २ मिनेट
दुखेको दाँत निको पार्ने काठमाण्डाैका दुई वास्या: द्यो

नेपाल भाषामा ‘वास्याः’को अर्थ दाँत र ‘द्यो’ को अर्थ देवता हुन्छ। दुखेको दाँत सन्चो बनाइदिने देवताको रूपमा भेडासिं बांगेमुढामा अवस्थित वास्याः द्योमा सिक्का गाड्ने प्रचलन छ। मुढामा कहिलेदेखि सिक्का गाड्न थालियो भन्नेबारे ठोस प्रमाण भने भेटिएको छैन् तथापी स्थानीयको कथन अनुसार काष्ठमण्डप निर्माण भईसकेपछि बाँकी रहेको एउटा ठूलो मुढा यसै चोकमा तेर्स्याएर राखिएको हो ! चोकमा बाङ्गो मुढा तेर्स्याएर राखिएपछि थ्यामरु चोकको परिचय बदलिएर बाङ्गेमुढा भनिन थालियो ।

सो मुढा पूरै सिक्काले ढाकिएको छ। मुढाको केही भाग मक्किसकेको छ भने यस देवस्थलमा अन्यत्रको जस्तो मूर्ति वा कलाकृति छैन। न त मन्दिरजस्तो कुनै संरचना नै छ।


‘मुढाको तल्लो भागमा जलद्रोणी थियो जसको जलाशयमा पाटीभित्रबाट पानी भरिन्थ्यो,’ बाङ्गेमुढामै जन्मेहुर्केका लेखक मल्ल के सुन्दर भन्छन्, ‘सो जलद्रोणी पूजाको लागि चाहिने चोखो पानीका लागि उपयोग हुने अनुमान गर्न सकिन्छ। तर, मर्मतसम्भार गर्दा सो जलद्रोणीलाई नै छोपर गाराे लगाइएको छ।’

काठमाण्डाैमा दुई वटा वास्याः द्यो रहेका छन् । एउटा वास्याः द्यो भेडासिं बाङ्गेमुढा र अर्को किलागलमा  । जसमध्ये बांगेमुढामा अवस्थित द्याे लाई पुरूष र किलागलमा अवस्थित द्यो लाई महिला भनिन्छ ।

दाँत दुखेका बेला सिक्कामा किला छेँडेर मुढामा ठोक्दा दुखाई सन्चाे हुने जनविश्वास रहेको काठमाडौं बाङ्गेमुढाको परम्परागत ‘वास्याः द्यो’ (दाँतको दुखाईको देउता) अचेल फाइबर प्लास्टिकको सुरक्षा घेरामा छ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
सामाजीक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *