इन्द्रदह, देवराज इन्द्रले सुनको मौलोमा हात्ती बाँधी स्नान गरेको पोखरी

पढ्न लाग्ने समय : ० मिनेट
इन्द्रदह, देवराज इन्द्रले सुनको मौलोमा हात्ती बाँधी स्नान गरेको पोखरी

भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ। चन्द्रागिरि नगरस्थित यस स्थलमा बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ।

सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको सुक्ति अहिलेपनि सुन्न पाइन्छ । समुद्री सतहबाट करीब २४ सय मिटरको उचाइमा अवस्थित उक्त डाँडालाई ‘स्वर्ग स्वपान’ अर्थात् स्वर्ग जाने भर्याङका रुपमा वर्णन गरिएको छ ।

साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको यस स्थान नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *