अनि राजा त्रिभुवनले ३ लाख रूपैयाँ आगाेमा एकएक गरि हाेमिदिँदा दुवै जना रानीहरु हेरेको हेर्यै

पढ्न लाग्ने समय : १ मिनेट
अनि राजा त्रिभुवनले ३ लाख रूपैयाँ आगाेमा एकएक गरि हाेमिदिँदा दुवै जना रानीहरु हेरेको हेर्यै

राजा त्रिभुवनले काम विशेषले श्री ३ चन्द्रशमशेरलाई ५ लाख रुपैँया आवश्यक भएकाे जानकारी गराएछन् ।
त्यसकाे केहि दिनपछि राति १० बजेतिर जनरल माेहनशमशेरले ‘बा ले पठाएको’ भनेर एक बण्डल नाेट राजा त्रिभुवनमा चढाए ।
राजाले “कति छ?” भनेर साेधनी हुँदा माेहनशमशेरले “तीन लाख छ” भने ।
त्यसपछि राजाले केही नबाेली ती नाेट फुकाएर एक-एक गरि तापिरहेकाे बाेर्सीकाे आगाेमा हाेमिदिए । रानीहरुले के गरेकाे भनेर साेद्दा उनले “हेर न, कसरी ताताे दिएकाे छ।

माेहनशमशेरलाई राजाले बिदा गरिसकेपछि रानीहरुसँग भनेछन् “देशकाे आम्दानी उनीहरुले जे गरेपनि हुने, कसैलाई हिसाब देखाउन नपर्ने ।
छाेराहरु छुट्टिँदा कराेड करोडकाे भाग लाग्ने, मैले काम विशेषका लागि माग्दा पाँचबाट घटाएर ३ गर्ने ?

सन्दर्भ सामाग्री
रेवतीमरण खनालकाे आत्मकथा अनुभुति र अभिव्यक्ति, पृष्ठ १४७,१४८ ।
मदन पुरस्कार पुस्तकालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *