‘भद्रकाली हाउस’ नेपालको पहिलो डिपार्टमेन्टल स्टोर !

पढ्न लाग्ने समय : १ मिनेट
‘भद्रकाली हाउस’ नेपालको पहिलो डिपार्टमेन्टल स्टोर !

घोडेजात्राको केही दिनमा १९६४ चैत्र २५ मा काठमाडौबाट निस्केका चन्द्रशम्शेर १९६५ बैशाख २७ मा बेलायत पुगेका थिए ।

उनको टोलीमा परिवारका सदस्य तथा उच्च पदस्थहरु २२ जना थिए भने १९ जना नोकर चाकरहरु पनि थिए ।

टोलीमा जुद्धशम्शेर, रुद्रशम्शेर, छोराहरु मोहनशम्शेर, बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर थिए । साथै निजी सचिवको रुपमा सरदार मरिचमान सिंह सम्मिलित थिए ।

करिब १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे । भ्रमणका क्रममा अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए । उक्त विश्वविद्यालयले  चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो ।

श्री ३ चन्द्रशमशेर बेलायत यात्रापछि नेपाल फर्कंदा उनको स्वागतार्थ कालीमाटीमा जनकलाल श्रेष्ठ र लाल बहादुर जोशीले आकर्षक स्वागतद्वार बनाएका थिए । उक्त स्वागतद्वार बनाएकोमा श्री ३ चन्द्र प्रसन्न भई भद्रकाली मन्दिर परिसरकै उत्तरतिरको भुईँ तलामा एक पसल राख्ने अनुमति दिए जसलाई भद्रकाली (हाउस) घर भनियो जहाँ उच्च पदका राणा अधिकारी तथा तोकिएका व्यक्तिका लागि मदिरा लगायतका विदेशी सामाग्री खरिद गर्ने सुविधा थियो ।

सन्दर्भ सामाग्री
त्यस बखतको नेपाल
खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *