त्यसबखत काठमाण्डाैमा हिउँ पर्दा…
वि.सं.२००१ साल पौष २३ (तदनुसार सन् १९४५ जनवरी ६) शनिबार बिहानैदेखि पर्न थालेको हिउँका कारण त्यतिबेला सिंगो काठमाण्डौंले नै सेतो च्यादर ओढेको झैँ सेताम्मे देखिन्थ्यो। बाक्लो हिउँका कारण धोर्सिङ-मातातीर्थ रोपवे समेत बन्द भएको थियो। त्यस्तै सडकभर बाक्लो हिउँ जमेकाले बाटो समेत अवरुद्ध थियो। उक्त हिउँ करिब एक सातासम्म रहेको थियो ।
काठमाण्डौं नजिक रहेको भीमफेदीको अवस्था समेत उस्तै थियो। अत्यधिक चिसोका कारण भीमफेदीमा ३ जना मानिसहरुले ज्यान समेत गुमाएका थिए।

निर्माणको चरणमा रहेको त्रिभुवन राजपथ अन्तर्गत सिम भञ्ज्याङमा वि.संं २०१४ सालमा परेको हिँउ ।

प्रतिनिधि तस्बिर ।
मुल तस्बिरः काठमाण्डाैमा हिउँ परेको क्षण, वि.सं २००१ साल ।
सन्दर्भ सामाग्री
सन्तोष खडेरी
ए.पी. १६ जनवरी १९४५
सामाजिक सञ्जाल
स्टीभ आर. ड्वेल

