चुरोट नखान श्री ३ महाराज पद्मशमशेरको आग्रह !

पढ्न लाग्ने समय : १ मिनेट
चुरोट नखान श्री ३ महाराज पद्मशमशेरको आग्रह !

संसारमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्तीसेवनका कारण लाग्ने रोगका कारणले हुने गरेको बताइन्छ ।

हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गरेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता  मृत्युका थुप्रै कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको संख्या भन्दा धेरै हुन सक्दैन् ।  नेपालमा पनि सुर्तीजन्य पदार्थको सेवन गर्नेको ग्राफ घट्नुको सट्टा बढिरहेको छ ।

चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठूलो चुनौती हो, कागजको पानाभित्र भरिएको सुर्तिको कसबाट निस्किने निकोटीनको यो लतबाट संसारबासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धूँवाजन्य वस्तु अनि पान अर्थात सेवन, यस अर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिडी लगायत अन्य धेरै धूँवाजन्य उपभोगका बस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा यस संसारभरी जनजागरण फैलाउन कोशिस गरिन्छ तर प्रयोगकर्तको ग्राफ भने दिनहुँ उकालो चढिरहेको पाइन्छ ।  ।

तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज पद्मशमशेरले आम देशबासीलाई चुरोट नखान गरेको आग्रहको सूचना एक बखत गोरखापत्रमा छापिएको थियो । जहाँ पद्मशमशेरले आफुले दैनिक ५०-६० वटासम्म चुरोट खाएको अतित सुनाउँदै राणाले चुरोट आयातमा देशको वार्षिक ५०-६० लाख रुपैयाँ बाहिरिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सन्दर्भ सामाग्री
सामाजीक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *