डिल्लीजंग थापा नेपालका अग्रणी सिभिल इन्जिनियर

पढ्न लाग्ने समय : १ मिनेट
डिल्लीजंग थापा नेपालका अग्रणी सिभिल इन्जिनियर

कर्णेल डिल्लीजंग थापा नेपालको पहिलो सिभिल इन्जिनियर हुन् । उनले भारतको थम्पसन कलेज अफ सिभिल इन्जिनियरिङबाट उत्कृष्ट नतिजा हासिल गरेका थिए । थापाले दक्षिण एसियाकै पहिलो मानिने सुरूङ मार्ग चुरिया माई टनल सडक वि.सं. १९७५ मा डिजाइन गरेका थिए ।  नेपालमा नवीनतम भवन डिजाइन (लक्ष्मी निवास र सीता भवन) भित्र्याउने श्रेय थापामा नै जान्छ ।

सुरुङमार्गको मात्र नभई इन्जिनियर थापाले काठमाडौँ-हेटौँडा रोपवे, सप्तरीको चन्द्र नहर, वि.सं. १९९० को भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौँ डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक लगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका थिए ।

सिभिल इन्जिनियरिङ सेवाको ३५ वर्षे कार्यकाल (वि.सं. १९६८ देखि २००३ सम्म) मा उनले १२ वटा ठूला काम सम्पादन गर्न सफलता पाए । श्री ३ भीमशमशेरको समयमा पूरै र श्री ३ जुद्धशमशेरको कार्यकालमा पनि उनले काम गरे ।

सन्दर्भ सामाग्री
विकिपिडिया
हिमाल खबर
विभिन्न अनलाइनहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *