लाजिम्पाटको नामाकरण कसरी भयो होला ?

पढ्न लाग्ने समय : १ मिनेट
लाजिम्पाटको नामाकरण कसरी भयो होला ?

काठमाण्डाैका व्यस्त क्षेत्र मध्येको एक लाजिम्पाटको नामाकरण कसरी हुन गयो होला ?<

संस्कृतिविद् सत्यमोहन जोशीको तर्क
संस्कृतको ‘राजपत्तन’ (राजधानी) अपभ्रंश भएर लाजिम्पाट भएको हो ।

डा. प्रेम सिंह बस्न्यातको तर्क

लाजिम्पाट ‘लाजिम’ र ‘पट’ मिलेर बनेको हो। ‘लाजिम’ भनेको ‘राजा’ र ‘पट’ भनेको ‘दरबार’ हो। किरातकालमा ‘राजदरबार’ बुझाउन ‘लाजिमपट’ भन्दाभन्दै कालान्तरमा लाजिम्पाट भएको हो ।

तेश्रो तर्क

बेलायत सरकारको काठमाडौँमा आवासीय कार्यालय (ब्रिटिश रेसिडेन्ट) खुलेपछि बेलायती कुटनीतिज्ञ, प्रतिनिधिमण्डल तथा अतिथिहरूको नेपाल आगमन बाक्लन थाल्यो । ती पाहुनाहरूलाई बस्नको लागि यसै स्थानमा (हालको लैनचाैर आसपास) आवासका लागि प्रवन्ध गरिएको थियो । जसले गर्दा ब्रिटिशहरू यो ठाउँलाई Lodging Part भन्ने गर्दथे । नेपालीहरूले यहि शब्द (lodging part) सुन्दा सुन्दा नेपालीमा लजिमपाट भन्ने थालेपछि लाजिम्पाट हुन गयो ।

सन्दर्भ सामाग्री

विकिपिडिया
टोड र्याग्सडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *