२०४४ सालमा काठमाण्डाैमा कनकर्ड जहाज अवतरण हुँदा घरका सिसा फुटे (भिडियो सहित)
वि.सं. २०४४ साल असोज २५ गते ब्रिटिस एयरक्राफ्ट करपोरेसनको कनकर्ड जहाज काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कनकर्ड विमान किन पनि चासोको विषय थियो भने त्यो आवाजको गतिभन्दा चाँडो उड्ने क्षमताको थियो ।
नागरिक उड्डयन विज्ञ ललितविक्रम शाहका अनुसार, त्यसताका कनकर्ड हेर्न राजा वीरेन्द्र परिवारका केही सदस्यका साथ गौचरण पुगेका थिए ।
उक्त जहाज अवतरणका क्रममा काठमाण्डाै विमानस्थल आसपासका घरका सिसा फुटेका हल्ला चलेको थियो ।
उक्त चाटर्ड कनकर्ड विमानमा सवार ६३ जना यात्रीले विश्व भ्रमण गर्नका लागि प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर तिरेका थिए । हङकङबाट काठमाण्डाै विमानस्थलमा अवतरण गरेको विमान भोलिपल्ट भारत र त्यहाँबाट पेरिस प्रस्थान गरेको थियो ।
त्यसबेला ज–जसले कनकर्ड देखेका थिए, अहिले पनि आफूहरूलाई बडो भाग्यमानी ठान्दै भनिरहेका हुन्छन्, ‘अहिलेको पुस्ताले कनकर्ड हेर्न अब बेलायती संग्रहालय जानुपर्छ ।’
प्रतिनिधि तस्बिर
काठमाण्डाैमा कनकर्ड, भिडियो हेराैं

