बाइरोडको सुरुवाती विन्दु थानकोट चेकपोष्टमा गाडिएको शिलालेखमा के छ ?

पढ्न लाग्ने समय : २ मिनेट
बाइरोडको सुरुवाती विन्दु थानकोट चेकपोष्टमा गाडिएको शिलालेखमा के छ ?

राजधानी काठमाण्डौलाई मोफसल जोड्ने पहिलो राजमार्ग त्रिभूवन राजपथ निर्माण भएको ६८ वर्ष पूरा भएको छ । वि.संं २०१० साल मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मी देवीले थानकोटस्थित हालको चेकपोष्ट चोकमा देशकै पहिलो राजमार्गको उद्घाटन गर्नुभएको थियो ।

राजा त्रिभूवनले गद्दी आरोहण गरेको ४२ वर्ष पुगेको अवसरमा नेपाल–भारत सडक सम्पर्कका लागि यस राजमार्ग निर्माण गरिएको थानकोट चेकपोष्टमा राखिएको शिलालेखमा उल्लेख गरिएको छ । भारत सरकारको आर्थिक, प्राविधिक सहयोगमा निर्मित ७२ माइल लम्बाइको यस सडक काठमाण्डौको थानकोटबाट मकवानपुरको भैंसे दोभानसम्म भारतीय वायुसेनाका चिफ इञ्जिनियर लेफ्टिनेण्ट कर्नेल एन बी ग्रान्टको प्रत्यक्ष निगरानीमा निर्माण सम्पन्न भएको थियो ।

यस राजमार्ग निर्माण सम्पन्न भएपश्चात थानकोट नागढुंगामा राजमार्ग निर्माणका क्रममा दिवंगत भएका श्रमिकहरुको सम्मानमा स्मारक निर्माण गरिएको थियो जुन सडक विस्तारका क्रममा ध्वस्त भइसकेको छ । स्थानीयहरूका अनुसार त्रिभूवन राजपथको निर्माणका क्रममा थानकोटका एक युवाको पनि निधन भएको थियो । यस राजमार्ग निर्माणका क्रममा कम्तीमा ९ जना श्रमिकले ज्यान गुमाएको बतायन्छ ।

पृथ्वी राजमार्गको निर्माण हुनुपूर्व काठमाण्डौबाट तराई जोड्ने एकमात्र सडक मार्ग हाल सुनसान प्रायः छ तथापी यसलाई तराई जोड्ने वैकल्पिक मार्गका रुपमा लिने गरिन्छ । साँघुरो एवं घुम्तीहरु धेरै भएका कारण नेपालको पहिलो राजमार्ग त्यति सुरक्षित मानिँदैन् ।

सडक निर्माणमा खटिएका महिला तथा पुरूषहरू ।
पालुङ गाउँ तथा त्रिभूवन राजपथ
थानकोट चेकपोष्टमा राखिएको शिलालेख ।
थानकोटस्थित राजपथको तत्कालीन सुरूवाती विन्दु ।

सन्दर्भ सामाग्री
Meena Acharya, Collection/Nepal Picture Library
https://archive.org/

Leave a Reply

Your email address will not be published. Required fields are marked *