१९९० काे भूकम्पपछि सहयाेग गर्न खाेज्नेहरुलाई धन्यवाद दिइयो तर सहयाेग लिइएन…

पढ्न लाग्ने समय : १ मिनेट
१९९० काे भूकम्पपछि सहयाेग गर्न खाेज्नेहरुलाई धन्यवाद दिइयो तर सहयाेग लिइएन…

पूर्वी नेपाल केन्द्रबिन्दु बनाई १९९० साल माघ २ गते गएको प्रलयकारी भूकम्पको खबर थाहा हुनासाथ विदेशबाट नेपाल सरकारमा सहानुभुतिको वर्षा हुन थाल्यो ।

धेरै संघसंस्था तथा मुलुकले “सहायता दरकार परे समर्पण गर्दर्छाै” भनि तार पठाए तर सबैलाई धन्यवाद र कृतज्ञता जनाई जवाफ गयो ।

भारतबाट समेत नेपालको भूकम्प पिडितका लागि सहायताको इच्छा जाहेर भयो तर “त्यहाँ पनि नोक्सान पर्न गएकोले सहायता स्वीकार गर्न चाहन्नम्, यसरी दुवै देशमा नोक्सान परेको बखतमा आफ्नो सहायता आफैँले गर्न आवश्यक छ” भन्ने जवाफ गयो जुन जवाफ प्रशंसायोग्य हो भनी २५ फ्रेबुअरी १९३४ को अंग्रेजी छापामा प्रकाशित भएको थियो ।

वि.सं. १९९० साल माघ २ गते गएकाे महाभूकम्पकाे समाचार गाेरखापत्रमा साेहि दिन प्रकाशित भएकाे थियाे ।

सन्दर्भ सामाग्री

ब्रम्हशम्शेर जबरा
नेपालको महाभूकम्प १९९०, पृष्ठ १०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *