२०४४ सालमा काठमाण्डाैमा कनकर्ड जहाज अवतरण हुँदा घरका सिसा फुटे (भिडियो सहित)

पढ्न लाग्ने समय : ० मिनेट
२०४४ सालमा काठमाण्डाैमा कनकर्ड जहाज अवतरण हुँदा घरका सिसा फुटे (भिडियो सहित)

वि.सं. २०४४ साल असोज २५ गते ब्रिटिस एयरक्राफ्ट करपोरेसनको कनकर्ड जहाज काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कनकर्ड विमान किन पनि चासोको विषय थियो भने त्यो आवाजको गतिभन्दा चाँडो उड्ने क्षमताको थियो ।

नागरिक उड्डयन विज्ञ ललितविक्रम शाहका अनुसार, त्यसताका कनकर्ड हेर्न राजा वीरेन्द्र परिवारका केही सदस्यका साथ गौचरण पुगेका थिए ।

उक्त जहाज अवतरणका क्रममा काठमाण्डाै विमानस्थल आसपासका घरका सिसा फुटेका हल्ला चलेको थियो ।

उक्त चाटर्ड कनकर्ड विमानमा सवार ६३ जना यात्रीले विश्व भ्रमण गर्नका लागि प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर तिरेका थिए । हङकङबाट काठमाण्डाै विमानस्थलमा अवतरण गरेको विमान भोलिपल्ट भारत र त्यहाँबाट पेरिस प्रस्थान गरेको थियो ।

त्यसबेला ज–जसले कनकर्ड देखेका थिए, अहिले पनि आफूहरूलाई बडो भाग्यमानी ठान्दै भनिरहेका हुन्छन्, ‘अहिलेको पुस्ताले कनकर्ड हेर्न अब बेलायती संग्रहालय जानुपर्छ ।’

प्रतिनिधि तस्बिर

काठमाण्डाैमा कनकर्ड, भिडियो हेराैं 

Leave a Reply

Your email address will not be published. Required fields are marked *