पुस १ गते, राष्ट्रिय झण्डा दिवस

वि.सं. २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

विसं २०१९ पूर्व नेपालको झण्डामा एकरूपता थिएन्।

झण्डाको स्वरूप भने यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढङ्गले झन्डा बनाउँथे। सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। लम्बाइ, चौडाइ र उचाइमा पनि एकरूपता थिएन। त्यतिबेलासम्म यो झण्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झण्डा राष्ट्रिय झण्डाको रूपमा प्रयोग भइरहेको थियो।

वि.सं २०१९ सालमा संविधान मस्यौदा समिति बन्यो।

त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ।

चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखिएको थियो। त्यसैले पनि नेपालको झण्डा अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ।

यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढङ्गले विचार पुर्‍याइएको थियो।

नेपालको राष्ट्रिय झण्डामा दुई चुच्चो र तीन कुना हुनुले नेपाल हिमाल, पहाड र तराई भूमीको देश भएको जनाउने संस्कृतिविद् हरिराम जोशी बताउँछन्। जोशीका अनुसार लिच्छविकालीन अंशुवर्माको मुद्रामा पनि दुई पताकासहितको नेपालको झण्डा अंकित छ। यी मुद्रामा सिंहले झण्डा समातेको देखिन्छ। शक्ति र स्वाभिमानको प्रतीक सिंहले झण्डालाई अभिवादन गरेको आकृति मानदेवकालीन मुद्रामा समेत भेटिएको छ। ‘राजनीतिक व्यवस्था परिवर्तन भए तर प्राचीन नेपालको झण्डालाई प्रत्येक शासन व्यवस्थाले अपनाएको छ,’ जोशी भन्छन् ।

नेपाली झण्डामा चन्द्र माथि र सूर्य तल छ। चन्द्रलाई मन र बुद्धिको प्रतीक मानिन्छ भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने मान्यता बुद्धिजिविहरुले राख्दै आएका छन्। हरिमाम जोशीको यसमा आफ्नै तर्क छ। चन्द्र शान्तिको प्रतीक हो भने सूर्य अर्थ परिवर्तनको सूचक भएको उनी मान्छन्। जोशी भन्छन्, ‘देशमा शान्ति स्थापनापछि नै सामाजिक, राजनीतिक र आर्थिक समृद्धि आउने भएकाले सूर्य तल्लो कोणमा राखिएको हो।’

चन्द्र सूर्य अंकित झण्डा शाहवंशले सुरु गरेको भन्दै यसलाई परिवर्तन गर्ने प्रयास पटक–पटक भए। विभिन्न अभिलेखहरूका आधारमा त्रिकोणात्मक आकारको नेपालको झण्डा १३ सय वर्ष पुरानो हो। नेपालको झण्डा अन्य देशकोभन्दा पृथक छ। विश्वभर चार कुने झण्डा प्रचलनमा छ। नेपालको झण्डामात्र तीन कुने छ।

वि सं. २०१९ मा इन्जिनियर शंकरनाथ रिमालले हालको झण्डा नक्साङ्कन गरेका थिए। झण्डाको स्वरुप उही थियो । ०१९ मा संवैधानिक मास्यौदा समिति बनेपछि झण्डाको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितिय सूत्रको प्रयोग भयो। जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भन्ने गरिएको इन्जिनियर रिमाल बताउँछन्।

२ बलमा खेल जित्ने विश्वको एकमात्र क्रिकेट टोली, ‘नेपाल’

अगस्ट २०, २००६ का दिन नेपाल क्रिकेट टिमले मलेसियामा भएको एसीसी ट्रफी अन्तर्गत एउटा अविश्वसनीय नजिता आत्मसाथ गर्दै विश्व किर्तीमान कायम गर्यो ।

समुह ‘सी’ अन्तर्गत आफ्नो चाैथो खेलमा म्यान्मार विरूद्ध पहिले बलिङ गरेको नेपालले १२.१ ओभरको अवस्थामा १० रनमा बर्मेली टोलीलाई अलआउट गर्यो । खेलका नायक रहे “म्यान अफ द म्याच’ मेहबुब आलम । ६.१ ओभर बलिङ गर्दै ७ रन दिएका आलमले ७ विकेट चट्काए । बाँकी ३ विकेट कप्तान विनोद दासले आफ्नो खातामा लेखाए ।

बर्माविरूद्ध यी दुई  बलरले ५ रन अतिरिक्त दिए भने पाँच जना बर्मेली ब्याट्सम्यानले समान १-१ रन बनाए ।

जवाफमा नेपालले ११ रनको विजय लक्ष्य २ बलमै पुरा गर्यो । बलिङमा थिए आए मीन थान जसले खेलको पहिलो ओभरको पहिलो बलमा विकेट किपर ब्याट्सम्यान महेश क्षेत्रीले सहजै ३ रन लिन भ्याए । दोश्रो बलमा धीरेन्द्र चन्दले पनि ३ रन लिन भ्याए । ५० ओभरको खेलमा नेपालले २ बल ब्याटिङ गरि ६ रन बनाइसकेको थियो नेपालका लागि जितका लागि चाहिन्थ्यो ५ रन । त्यसपछि बर्मेली बलरले लगातर ५ अतिरिक्त रन दिए । अन्ततः नेपालले खेल जित्यो १० विकेटले अझ रोचक कुरा मात्र २ वैध बलको सामना गर्दै । म्यान्मारले बनाएको १० रन हालसम्म विश्वमै पुरूष टोलीले बनाएको सबैभन्दा कम स्कोर हो । नेपालले चाँही बनायो सबैभन्दा छिटो लक्ष्य भेट्ने टोलीको किर्तीमान ।

प्रतियोगितामा कुल १७ टोली सहभागी थिए, किर्तिमानी जित सहित नेपालले समुहका सबै खेल जित्दै अन्तिम दोश्रो चरणमा स्थान सुरक्षित बनायो । समुह चरणमा नेपालले पहिलो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्यो भने दोश्रो खेलमा भुटान विरूद्ध २८१ रनको प्रभावशाली जित निकाल्दा तेश्रो खेलमा हङकङलाई ८७ रनले पराजित गर्यो भने अन्तिम खेलमा म्यान्मार १० विकेटले पराजित भयो ।

दोश्रो चरणमा नेपालले बहराइनलाई २५ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । फाइनलमा स्थान सुरक्षित गर्न यूएइ विरूद्ध मैदान उत्रिएको नेपाली क्रिकेट टिम ३७ ओभरसम्म मैदानमा टिक्दा जम्मा १०३ रन बनाउन सक्यो जसमा शरद भेषवाकरले सर्वाधिक २६ रन बनाएका थिए । उक्त खेल यूएइले ९ विकेटले जित्यो भने फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । तेश्रो स्थानका लागि भएको खेलमा अफगानिस्तानले नेपाललाई  ६४ रनले पराजित गर्यो ।

नेपाली टोलीमा थिए आकाश गुप्ता, बसन्त रेग्मी, बिनोद दास, शक्ति गैाचन, मनोश वैश्य, परेश लोहनी, धीरेन्द्र चन्द, राज प्रधान, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, पारस खड्का, राजु बस्न्यात, शक्ति गाैचन र मेहबुब आलम । कोच थिए श्रीलंकाका रोय लुक डायस अनि फिजिओ जंग बहादुर मगर त्यस्तै व्यवस्थापकमा थिए ठाकुर प्रताप थापा ।

सन्दर्भ सामाग्री

एशियन क्रिकेट डट ओआरर्जी
विभिन्न अनलाइनहरू