दरबारमार्गमा दफनाइएकी ‘महक परी’

घण्टाघरस्थित जामे मस्जिद हुँदै बागबजार जाँदा रत्नपार्कको आकाशे पुल चढ्दा बायाँतिर हेर्नुभयो भने मार्बल ओछ्याइएको एउटा साँघुरो स्थान देखिन्छ। धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ।

एउटी त्यस्ती वीरङ्गना जसले अङ्ग्रेज शासकहरुसँग विद्रोह गरिन्, तर अन्तिममा उनले मृत्युपछि चीर निद्राका लागि आफ्नै जमिन समेत पाइनन्। विरानो देशमा अवधकी बेगमको समाधिस्थल धेरै समयसम्म अनजान र अलपत्र रह्यो।

जंगबहादुर राणाले शरण दिएपछि काठमाडौँमा बस्न थालेकी बेगम हजरत महलको मृत्यु काठमाडौँमा ७ अप्रिल, १८७९ मा भएको थियो। सन् २०१४ बाट हरेक ७ अप्रिलमा भारतीय राजदूतले यहाँ पुष्पगुच्छा चढाउने कार्यक्रम हुन थालेको छ ।

को हुन् बेगम हरजत महल

बेगम हजरत महलको नाम मुहम्मदी खानुम थियो र उनको जन्म फैजाबाद, अवधमा भएको थियो। उनी पेशाले एक तवायफ (मुगल शासनकालको समयका शाही वेश्या) थिइन् भने आमाबुबाद्धारा बेचिएपछि उनी शाही हरममा (एक पुरुषका साथ कयौँ महिलाहरू बस्ने एक स्थान जहाँ अन्य पुरुषलाई प्रवेश निषेध गरिन्छ) बस्दै आएकी थिइन् तब उनलाई शाही अधिकारीहरूको साथ बेचिएको थियो तर पछि उनको परीको रूपमा पदोन्नति भएको थियो। उनको पदोन्नति भएपछि उनलाई महक परीको रूपमा चिनिन थालिएको थियो। अवधका नबावको शाही रखैलको रूपमा स्वीकार गरिएपछि उनलाई बेगमको तक्मा दिइएको थियो भने उनको छ‍ोरा बिरजिस कद्रको जन्मपश्चात् उनलाई हरजत महलको उपाधि दिइयो ।

उनी अन्तिम ताजदर-ए-अवध, वानिद अली शाहकी कान्छी श्रीमती थिइन्। सन् १८५६ मा अङ्ग्रेजहरूले अवधमा कब्जा जमाएका थिए र वाजिद अली शाहलाई कलकत्तामा देशनिकाला गरिएको थियो। कलकत्तामा उनको श्रीमानको देशनिकाला भएपछि र बेगम र उनको श्रीमानको सम्बन्ध विच्छेद भएतापनि बेगम हरजत महलले अवधको राजकीय मामलाहरूको सम्हाल्दै, हेर्दै आएकी थिइन्।

स्वतन्त्रताको पहिलो युद्धका बेला, सन् १८५७ देखि सन् १८५८ सम्म राजा जयलाल सिंहको नेतृत्वमा बेगम हजरत महलको एक समर्थन टोलीले ब्रिटिस इष्ट इण्डिया कम्पनीको विरुद्धमा आवाज उठाउन सुरु गरेका थिए भने पछि उक्त टोलीले लखनउमा पुनः कब्जा जगाउन सफल भएका थिए र उनीहरूले बेगम हजरत महलका छोरा बिरजिस कद्रलाई अवधको शासकको रूपमा घोषित गरेका थिए।

बेगम हजरत महलको प्रमुख उजुरीहरूमा एक थियो कि इष्ट इण्डिया कम्पनीले सडकहरू बनाउनका लागि मन्दिरहरू तथा मस्जिदहरूलाई आंशिक रूपमा ध्वस्त पारेको थियो। विद्रोहको अन्तिम दिनमा जारी गरिएको एक घोषणामा, उनीहरूले अङ्ग्रेज सरकारद्वारा धार्मिक स्वतन्त्रताको अनुमति दिने आस्वासनको खिल्ली उडाइएको थियो।

जब अङ्ग्रेज शासकहरूको आदेशको अनुसार सेनाले लखनउ तथा ओधको अधिकांश क्षेत्रहरूमा कब्जा गरे तब हजरत महल पछाडि हट्न बाध्य भएकी थिइन्। हजरत महल नाना साहेबसँग मिलेर काम गर्ने गरेकी थिइन् तर पछि शाहजहाँपुरमा आक्रमण पछि उनी फैजाबालको मौलवीसँग मिलेकी थिइन्। लखनउमा सन् १८५७ को क्रान्तिको नेतृत्व बेगम हजरत महलले गरेकी थिइन्। आफ्नो नाबालक छोरा बिरजिस कद्रलाई गद्दीमा बसाएर उनले अङ्ग्रेज सेनाहरूसँग आफैले लडेकी थिइन्। उनीमा सङ्गठनको अभूतपूर्व क्षमता थियो भने यसै कारण अवधको जमिनदार, किसान तथा सैनिकहरू उनको नेतृत्वमा अगाडि बढिरहेका थिए।

आलमबागमा लडाइँका बेला बेगम हरजत महलले आफ्ना शक्तिशाली सिपाही तथा योद्धाहरूलाई प्रचुर मात्रामा हौसला प्रदान गरेकी थिइन् भने उनी पुरै युद्धका बेला हात्तीमा सवार हुँदै सैनिकहरूको साथ दिनरात युद्धमा सामेल थिइन्। लखनउमा पराजित भएपछि उनी अवधको गाउँमा गइन् र त्यहाँ पनि उनले क्रान्तिको आगो सल्काएकी थिइन्। बेगम हरजत महल तथा रानी लक्ष्मीबाईको सैनिक दलमा अधिकांश महिला लडाकुहरू थिए।

लखनउमा बेगम हरजत महलको महिला सैनिक दलको नेतृत्व रहीमीको हातमा रहेको थियो। जसले फौजीको भेष लिएर अधिक महिलाहरूको तोप तथा बन्दुक चलाउन सिकाएका थिए। रहीमीको नेतृत्वमा महिलाहरूले अङ्ग्रेजहरूको विरुद्ध युद्ध गरेका थिए।

लखनउकी शाही वेश्या हैदरीबाईमा थुप्रै अङ्ग्रेज अधिकारिहरू आउने गरेका थिए र कतिपय समयमा अङ्ग्रेजहरूले क्रान्तिकारीहरूको विरुद्धको योजनामा यहीँ छलफल गर्ने गरेका थिए। हैदरीबाईले वेश्या पेशाबाट भएपनि देशभक्तिको परिचय दिँदै यस्ता महत्त्वपूर्ण सूचनाहरू क्रान्तिकारीहरूसम्म पुर्याउन ठूलो मद्दत गरेकी थिइन् र पछि उनी पनि सैनिक दलमा सामेल भएकी थिइन्।

जब १८५८ को मार्च २१ मा बेलायती फौज पुनः लखनउ कब्जा गर्न सफल हुन्छ, तर बेगम हजरत महल आत्मसमर्पण गर्दिनन् । अंग्रेज शासकको लगातारको निगरानी र आत्मसमर्पण नगर्ने आफ्नो अडानका कारण अन्ततः हतियार छाडेर उनलाई छिमेकी देशमा शरण लिन बाध्य बनायो।

कसरी नेपाल आइपुगिन भारतीय वीरङ्गना

सन् १८५८ मा उत्तर भारतमा भएको विद्रोहपछि केही नेता नेपाल पसे र नेपाल सरकारसँग शरणको माग गरे । यी मध्ये अवधकी बेगम हरजत महल, अवधको नवाबका छोरा, नानासाहेब धुन्धु पन्त र उनका पत्नीहरू पनि थिए । जंगबहादुरले यिनीहरूलाई नेपालमा शरण दिए । बेगम हरजत महल लखनाउ विद्रोहपछि नेपालको सरहदभित्र परिन् । उनका साथमा उनका छोरा बिरजिस कद्रपनि सम्मिलित थिए । काठमाण्डाै आएपछि प्रधानमन्त्री जंगबहादुर राणाले उनलाई बरफबागमा बसोबास र सुरक्षाको प्रबन्ध मिलाए तर यसका लागि उनीसित भएको गहना र जवाहारात जंगबहादुरले लिएका थिए भनि रामजी उपाध्यायले नेपालको इतिहास पुस्तकमा उल्लेख गरेका छन् । थापाथलीमा हाल नेपाल राष्ट्र बैंक रहेको स्थानमा सन् १८४९ मा नेपाल पसि शरण लिएकी पञ्जाबकी रानी चाँद काैरको निवासको प्रबन्ध श्री ३ जंगले गरिदिएका थिए ।

उनको सन् १८७९ अप्रिल ७ का दिन ५९ वर्षको उमेरमा मृत्यु काठमाण्डाैमा निधन भयो र उनको इच्छाबमोजिम हिन्दूस्तानी मस्जिद नजिकै दफनाइयो । पछि त्यो मस्जिदलाई भत्काई हालको जामे मस्जिद बनाइयो।

तर नेपालमा उनको समाधिस्थल भने लामो समयसम्म गुमनाम नै रह्यो। इन्डियन एक्सप्रेसको लखनउ संस्करणमा सन् २००२ मा यसबारे एउटा लेख छापिएको थियो जसमा चिहानको दयनीय स्थितिबारे रिपोर्टिङ थियो। नेपालको पर्यटन अधिकारीहरुलाई मात्र हैन, भारतीय दूतावासको पुस्तकालयका अधिकारीलाई समेत यसबारे केही थाहा थिएन।

थाहा होस् पनि कसरी, बेगमले बनाउन लगाएको लखनवी शैलीको इमामबारा भत्काएर तीन तले नयाँ जामे मस्जिद बनाइसकिएको थियो। अवधका अन्तिम शासक तथा बेगमका छोरा नवाब बिरजिस कद्रलाई १८८७ मा बेलायती महारानीले माफी दिएर घर फर्कन दिएपछि उनी कोलकाता गएर नेपाल कहिल्यै फर्केनन्। त्यही भएर समाधिस्थल पनि अलपत्र नै रह्यो।
८ वर्षअघि भारतले राज्यस्तरमा नै यहाँ कार्यक्रम गर्न थालेपछि भने यसको अलि चर्चा हुन थालेको छ। समाधिस्थल सफा हुन थालेको छ। यहाँ सानो बोर्ड पनि राखिएको छ। यसको प्रचार हुन सके र छोटो परिचय राख्न सके काठमाडौँ घुम्न आउने भारतीय पर्यटकहरुका लागि यो एउटा हेर्नुपर्ने स्थानका रुपमा परिचित हुनसक्छ।

भारतमा सम्मान

१५ अगस्त १९६२ मा बेगम हजरत महलको सम्मानमा लखनउस्थित हजरतगंजको ओल्ड भिक्टोरिया पार्कको नाम परिवर्तन गरेर बेगम हरजत महल पार्क राखियो। त्यहाँ मार्बलको एउटा स्मारक पनि राखियो। सन् १९८४ मा भारत सरकारले उनको सम्मानमा हुलाक टिकट पनि जारी गर्‍यो।

सन्दर्भ सामाग्री

जंगबहादुर कुँवर रााणको जीवनी- प्रकाश ए. राज
पहिलोपोष्ट, ५ बैशाख २०७५
विकिपिडिया
लखनउ प्रराङ्ग

ढुङ्गेसाँघुमा जन्मिएका मदन भण्डारीको दासढुङ्गामा ज्यान गयो

वि.संं २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका मदनकुमार भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए। जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आमनिर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे ।

पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भयो । उनको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भयो। वि.सं. २०१५ साल गाउँ मै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो)बाट औपचारिक शिक्षातर्फ प्रवेश गर्ने भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकाल मै चण्डी कण्ठाग्र गर्ने गर्नाले उनी जिल्लाभर चर्चित भए, यद्यपि उनले अक्षरहरू चिनिसकेका थिएनन्। उनका बुबा गाउँका थराना गर्ने (गाउँलेहरूले दिएको सुब्बाको मान) पाएकाले माया पाए, दुःख भएन। हिलो धूलोमा पढ्न पनि परेन। वि.सं. २०२३ मा गाउँमा उपलब्ध पढाई सके।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन्। २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्‍यो। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रित थिए भने भण्डारी केन्द्रीय सदस्य थिए। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए।

अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजीकिने वातावरण बनायो।

२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो। त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको ‘को-अर्डीनेशन केन्द्र’मा आबद्ध भई ‘मुक्तिमोर्चा समूह’लाई नै त्यसमा विलय गराइयो। २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रिय सदस्य बने ।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-मार्क्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) को महासचिव बने।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

२०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो। उनी भारतको मथुरामा अध्ययन गर्न गए। दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरे।

बहुदलीय जनवादका व्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिनपछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन्। नेताद्वय सवार जीपका चालक अमर लामाको ११ साउन २०६० मा किर्तिपुरको गल्लीमा लखेटी लखेटी हत्या भएपछि २०५० जेठ ३ गतेको घटना झनै रहस्यमय बन्न पुगेको छ।

सन्दर्भ सामाग्री
विकिपिडिया
रातोपाटी
People’s Leader of Nepal Madan Bhandari