महाकविका नसुनिएका किस्साहरू

महाकवि लक्ष्मीप्रसाद देवकोटाका रचनाहरू जति चर्चित छन् उनका किस्साहरू उतिनै चाखलाग्दा छन् ।

चुरोटका अम्बली साइकलका साथी

देवकोटा कति चुरोट खान्थे भने त्यसको सङ्ख्या उनले पनि चाल पाउदैँन् थिए । प्रा.राजनारायण प्रधानका अनुसार ‘रेलले धुवाँ छाडेझैँ उनी चुरोटको धुवाँ छोड्थे ।’ अनि उनको सवारी साधन पनि साइकल हुन्थ्यो ।

देवकोटाका गणेशकवि पं.श्यामदास वैष्णवका अनुसार ‘देवकोटा मन्त्री भएका बेला पनि कार्यालयको कामबाहेक कतै जाँदा साइकल नै चढ्थे ।’

सन्दर्भ सामग्री

देवकोटाको जीवनशैली
नरेन्द्रराज प्रसाई
प्रज्ज्वल थापा मगर

नेपालमा इन्टरनेट भित्र्याउने श्रेय मर्कन्टायल अफिस सिस्टमसलाई जान्छ

इन्टरनेटको इतिहास सन् १९५० को दशकतिर सुरु भयो । जब कम्प्युटर नेटवर्क प्रणालीको आविस्कार भयो । सन् १९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको हो ।

संसारभरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबिचको सञ्जाललाई इन्टरनेट भनिन्छ । यि कम्प्युटरहरू एक आपसमा विभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारविहिन (वायरलेस) प्रविधिबाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न विभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । प्रोटोक त्यो नियम हो जसले भिन्न प्रकारका हार्डवेयरलाई एकै प्रकारको सेवा सञ्चालन गर्न निर्देश गर्छ । नेटवर्क सञ्जालहरू विभिन्न प्रकारका हुन्छन् । जस्तै लोकल एरिया नेटवर्क (LAN), वाइड एरिया नेटवर्क (WAN), मेट्रोपोलिटन एरिया नेटवर्क (MAN), स्टोरेज एरिया नेटवर्क (SAN) इत्यादि । यस्ता लाखौँ सञ्जालहरू बिचको सञ्जाल इन्टरनेट नै संसारकै सबै भन्दा ठुलो सञ्जाल हो ।

नेपालमा इन्टरनेट भित्र्याउने श्रेय मर्कन्टायल अफिस सिस्टमसलाई जान्छ । जसले मर्कन्टायल कम्यूनिकेसन प्रालि को नामबाट शुरु गरयो । १९९३ मा पहिलो पटक निःशूल्क सेवा दिएर यसको प्रयोग गरिएको थियो । सर्वसाधारणलाई इन्टरनेटको महत्वबोध गराउनु त्यसको उद्देश्य थियो । त्यतिबेला घरमा इन्टरनेट चलाउनु ठूलै प्रतिष्ठाको विषय हुन्थ्यो । किनभने यसमा सबैको पहुंच थिएन । शुरुवाती चरणमा अहिलेको जस्तो डीएसएल, एडीएसएल, एफटीटीएच र मोबाइल इन्टरनेट भन्ने नै थिएन । मात्र डायलअप सेवा थियो । जुन एकदमै सुस्त गतिको थियो ।

नेपालमा डायलअप सेवामार्फत ९.६ केबीपीएस गतिको इन्टरनेटको सेवा शुरु भएको हो । जुन ई–मेल आदान प्रदानको लागि मात्र हुन्थ्यो । शुरुमा एमओएसले नयां दिल्लीमा एउटा ई–मेल सर्भर होस्ट गरेको थियो । जहां सबै इमेलहरु जम्मा हुने गर्दथे र दिनमा दुई पटक आईएसडी कलको माध्यमबाट डायलअपको प्रयोग गरेर डाउनलोड गरी नेपाल भित्र्याउंथ्यो ।

पछि सिंगापुरको सिंगटेलबाट ४.८ केबीपीएसको लिज लाइन लिएपछि इन्टरनेटकोे सञ्जालससंग हामीहरु परिचित हुन पुग्यौं । लगत्तै अर्को भएसएनएलको लाईन मुम्बईबाट प्राप्त भयो । जुन ६४ केबीपीएसमा विस्तार भयो । त्यसपश्चात इन्टरनेटको विकासक्रमले नेपालमा तीव्र गति लिन शुरु गर्यो ।

हाल नेपाल दूरसञ्चार प्राधिकरणमा कम्तीमा ११७ ओटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु दर्ता भएका छन् । जसमा दुई ओटा जीएसएम सेलुलर, दुई ओटा आधारभूत दूरसञ्चार सेवाको नाममा छन् भने एउटा ग्रामीण दुरसञ्चार सेवाको नाममा दर्ता भएको छ ।

#internetday

सन्दर्भ सामाग्री
टेकपाना
Mercantile