त्यसबखत काठमाण्डाैमा हिउँ पर्दा…

वि.सं.२००१ साल पौष २३ (तदनुसार सन् १९४५ जनवरी ६) शनिबार बिहानैदेखि पर्न थालेको हिउँका कारण त्यतिबेला सिंगो काठमाण्डौंले नै सेतो च्यादर ओढेको झैँ सेताम्मे देखिन्थ्यो। बाक्लो हिउँका कारण धोर्सिङ-मातातीर्थ रोपवे समेत बन्द भएको थियो। त्यस्तै सडकभर बाक्लो हिउँ जमेकाले बाटो समेत अवरुद्ध थियो। उक्त हिउँ करिब एक सातासम्म रहेको थियो ।

काठमाण्डौं नजिक रहेको भीमफेदीको अवस्था समेत उस्तै थियो। अत्यधिक चिसोका कारण भीमफेदीमा ३ जना मानिसहरुले ज्यान समेत गुमाएका थिए।

निर्माणको चरणमा रहेको त्रिभुवन राजपथ अन्तर्गत सिम भञ्ज्याङमा वि.संं २०१४ सालमा परेको हिँउ ।


प्रतिनिधि तस्बिर । 

मुल तस्बिरः काठमाण्डाैमा हिउँ परेको क्षण, वि.सं २००१ साल ।

सन्दर्भ सामाग्री

सन्तोष खडेरी
ए.पी. १६ जनवरी १९४५
सामाजिक सञ्जाल
स्टीभ आर. ड्वेल

पनाैती, एक थोपा अमृत खसेको धाम

हुन त पूर्णमती शब्दबाट नै पनौती भएको भनिन्छ । यो शहरको इतिहास धेरै पुरानो छ । इसा पूर्व १०८२ देखि नै पनौती गाउँको विकास भोट जाने बेला बास बस्न थालेर बनेको भनिन्छ । यो शहर तीन वटा नदी लिलावती (रोशमती), पूण्यमती र अदृश्य इन्द्रावतीको त्रिवेणीमा बनेको सानो गाउँ हो । त्यसैले यो ठाउँलाई उत्तर प्रयाग पनि भन्ने गरिन्छ । गंगा जमुना तथा अदृश्य सरस्वतीको त्रिवेणीलाई प्रयाग भनिन्छ भने यस संगमलाई उत्तर प्रयाग भन्ने गरिन्छ ।

वि.सं. ११५३ मा राजा आनन्ददेवले सातवटा शहर बसाउँदा यो शहरको पनि स्थापना गरि राज्य चलाएका थिए । यहाँ रहेको इन्द्रेश्वर महादेवको मन्दिर राजा जयादित्य मल्लको विधवा रानी भिरम्मादेवीले वि.सं. १३५१ तिर स्थापना गरेको इतिहासमा पढ्न पाइन्छ ।

किंवदन्ती अनुसार गौतम ऋषीका पत्नी अहिल्यासँग पनि यो स्थानको कथा गाँसिएको छ । इन्द्र देवता श्राप मूक्त भएको पनि यहि स्थानको कथा गाँसिएको छ । श्रापमुक्त हुन बाँसले टेक्दै हिँड्ने क्रममा यहिको ढुङ्गा टेक्दा श्रापमुक्त भएका थिए । त्यसैले पॅ ल्वहः बाट नै पनौती भएको भन्ने पनि गरिन्छ ।

भक्तपुरका राजा भुपतिन्द्र मल्लले आफ्नो छोरीलाई दाईजोको रुपमा दिईएको यो राज्य रणजित मल्लले एकिकरण गरि आसपासका सम्पूर्ण राज्यलाई भक्तपुरमा गाभ्दा पनौती पनि भक्तपुरको एक हिस्सा बनेको थियो । वि.सं. १८२० कार्तिक ११ मा पृथ्वीनारायण शाहको सेनापती दलजित शाहको नेतृत्वमा आएको सेनाले पनौतीलाई गोरखा राज्यमा गाभेका थिए ।

यहिं पनौतीको उत्तर प्रयागको संगममा हरेक बाह्र वर्षमा मकर मेला लाग्ने गर्दछ । माघ १ गते सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुँदा मकर संक्रान्तीको रुपमा मनाउने गरिन्छ । नेपालका विभिन्न स्थान तथा विभिन्न जातिले विशेष रुपले मकर संक्रान्ती मनाउने गरिन्छ । तर पनौतीमा भने हरेक १२ वर्षमा मकर संक्रान्तीको दिन मकर मेला लाग्ने गर्दछ ।

भारतमा पनि कुम्भ संक्रान्तीको दिनमा कुम्भ मेला लाग्ने गर्दछ । यो कुम्भ मेला पनि हरेक १२ वर्षमा लाग्ने गर्दछ । इलाहावाद नजिकै प्रयागमा हरेक १२ वर्षमा कुम्भ मेला लाग्ने गर्दछ । भारतको चार शहरमा कुम्भ मेला लाग्ने गर्दछ । प्रयाग, हरिद्वार, नासिक र उज्जैनमा कुम्भ मेला लाग्दछ । पौराणिक किम्वदन्ती अनुसार देवता र राक्षस बिच समुन्द्र मन्थनपछि प्राप्त भएको अमृतको कुम्भ (घडा) बोकेर भगवान विष्णु जाँदै थिए । यसरी जाने क्रममा कुम्भबाट चार थोपा अमृत पोखियो । यसरी अमृत पोखिएको चार ठाउँ प्रयाग, हरिद्वार, नासिक र उज्जैनमा कुम्भ मेला लाग्ने गरेको हो । यहाँ कुम्भ मेलाको समयमा डुबुल्की मारेमा अमृतपान हुने तथा रोगव्याधीबाट मुक्त हुने तथा पूण्य मिल्ने विश्वास गरिन्छ ।

वि.संं १९९४ सालमा पनाैतीस्थित त्रिवेणीमा मकर स्नान गर्दै श्रद्धालुहरू ।

– सुनिल उलक

सन्दर्भ सामाग्री

दीर्घमान चित्रकार
माइक स्कोले