बौद्ध समुदायको महिनाभरिको गुँला पर्व टुंगिएर भदौ प्रतिपदाका दिन बुद्ध–पूजा र वनभोजका क्रममा उपत्यकाका रैथानेहरू साँझ अवेरसम्मै स्वयम्भू डाँडा वरपर रमाइरहेका थिए । अचानक उनीहरूको ध्यान तानियो सहरबीचको बस्तीमा । हेर्दाहेर्दै आगोको मुस्लोले आकाश राताम्मे देखियो, धूवाँका लप्का पनि उत्तिकै सलबलाइरहेका थिए ।
Author: gwtadmin
नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको त्यो घोषणा
नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले नेपालमा पहिलोपटक विश्वविद्यालयको अवधारणा ल्याएको पाइएको छ । नेपालमा विश्वविद्यालय खोल्ने तयारी शमशेरले २००४ सालमै गरेको भेटिएको हो । नेपालका नयाँ श्री ३ महाराज एवम् प्रधानमन्त्री भएका मोहन शमशेरको सिन्दूरजात्रा

