थानकोटमा राज्यले काठमाण्डाै आउने यात्रीका लागि निःशुल्क मालपुवा बाँड्दथ्यो

वि.सं. २००४ सालमा केही समय नेपाल बसेका भारतीय भिक्षु ग्यागर लामा (डा. भिक्षु धर्मरक्षित)ले नेपाल बस्दाको अनुभव पुस्तक मार्फत साटेका छन् । त्यो समयको नेपाल पुस्तकमा उनले नेपालमा रहँदा देखेको, भोगेको र अनुभुत गरेको कुरा वर्णन गरेका छन्

भारतको वैशालीबाट नेपाल (काठमाण्डाै) यात्रा सुरू गरेको लामाको टोली चाैथो दिन चन्द्रागिरि भञ्जाङ कटेर थानकोट आइपुग्दछ ।

…. ११ बजे हामी हामी चन्द्रागिरिबाट ओरालो लागेर थानकोट पुग्याैं । यहाँ मैले नेपाली शैलीमा बनेको सुन्दर चैत्य देखें । चैत्यको तखतामा भगवान् को मूर्ति पनि राखिएको थियो । 

थानकोटको एक दोकानमा हामीले दूध र चिउरा खायाैं जहाँबाट नेपाल अझै पाँच माइल टाढा छ । यात्री ओसार्न भनेर काठमाण्डाैबाट यहाँसम्म लरी दाैडिन्छन् । थानकोटमा राज्यले काठमाण्डाै आउने यात्रीका लागि निःशुल्क मालपुवा बाँड्दोरहेछ तर हामीले पेटपूजा गरिसकेकाले उनीहरूको आग्रह अस्वीकार गर्दै अघि बढ्याै । थानकोटमा अधिकांश मानिस पलेटी मारेर चिलिम तानिरहेका देखिन्थे ।

थानकोटबाट अलिक पर्तिर हिँडेपछि सडकको बायाँतर्फ बलम्बु गाउँ देखियो । यस गाउँमा भदन्त कर्मशीलजी बस्ने ‘प्रसिध्दिपूर्ण महाविहार छ’ । पुरानो भएपनि यो विहार तीनतले छ । विहारमा पुगेपछि हामीले भरियाको फाराममा हस्ताक्षर गरेर उनीहरूलाई बिदा दियाैं । उनीहरूले चिसापानीमा रहेको भरिया नायक अड्डामा हामीले हस्ताक्षर गरेको फाराम बुझाएपछि मात्रै ज्याला पाउँदथे । भरियाले सामान चोरी नगरून्, सामान गायब नपारून् भनेर यस्तो नियम बनाइएको रहेछ । 

बलम्बु सानो भएपनि नेपाल उपत्यकाको पुरानो गाउँ हो । यो गाउँको चारै कुनामा अझैपनि ठूला प्रवेशद्वारको भग्नावशेष देख्न सकिन्छ । यहाँ प्राचीन चैत्य र मूर्ति अझै पनि पर्याप्त मात्रा देखिन्छन् । 

गाउँको चारैतिर खेत छन् । ती खेतमा गहुँ र जाै को लहललाउँदो बाली सुन्दर देखिन्छ । लामो समय हिँडेका हामी एकैछिनमा निदाएछाैं । अर्को बिहान सामान त्यहीं छाडेर हामी आनन्दकुटीको बाटो लाग्याैं । धम्मलोकले भरिया पठाएर सामान ल्याउने वाचा गरे ।

बलम्बु गाउँका प्रत्येक घरमा तोरीका सुकेका पात झुण्ड्याइएका थिए । ती पात देख्दा मलाई लागेको थियो, यहाँका घरमा केही पूजा चलिहरेको छ । तर, पछि पो थाहा पाएँ यी पात उमालेर खानका लागि सुकाइएका हुन् । यसरी तोरीका पात सुकाइएका मैले नेपालमा अधिकांश घरमा देखें । 

बलम्बुबाट हामी नैकाप, कालीमाटी हुँदै स्वयम्भू डाँडामा रहेको आन्दकुटीतर्फ लाग्याै । कालीमाटीको माटो निकै उब्जाउ माटो मानिँदो रहेछ । यहाँ आलु, मकै, जाै निकै फल्ने रहेछ । हामी वैशालीबाट नेपाल हिँडेको छैटाैं दिन स्वयम्भूस्थित आन्दकुटी पुग्याै । ……

शहिद धर्मभक्त माथेमाका ५ दुर्लभ तस्बिरहरू

माघ १३ गते शहिद धर्मभक्त माथेमा स्मृति दिवस मनाउने गरिन्छ ।

राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम सम्वत् १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभयो । राजा त्रीभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उहाँ लगायत धैरैजनालाई पक्राउ गरियो । उहाँलाई राणाहरुले १९९७ माघ १२ को रातमा सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए । पहिलो पटक रूखमा झुन्ड्याउँदा रूखको हाँगा भाँचिएर दोश्रो पटक झुन्ड्याइएको थियो भन्ने इतिहासकारहरूले तर्क दिने गरेका छन् ।

माथेमा नेपालको पहिलो पुस्ताको शारीरिक सुगठनका खेलाडी हुनुहुन्थ्यो, उहाँको काैशल देखेर राजा त्रिभुवनले माथेमालाई नीजि व्यायाम प्रशिक्षकमा नियुक्त गर्नुभएको थियो ।

सामाजिक सञ्जालमा भेटिएका धर्मभक्त माथेमा केहि दुर्लभ तस्बिरहरूः