प्रधानमन्त्री मरिचमान सिंह जो राजनीतिबाट अलग बसे तर देश बेचेनन्

सल्यानको खलङ्गा बजारमा जन्मिएका मरिचमान सिंह श्रेष्ठ आफ्नो राजनीतिक कालमा हार्डलाइनर पञ्चको रुपमा चिनिन्थे। उनी सन् १९८६ देखि १९९० सम्म झण्डै चार वर्ष नेपालका प्रधानमन्त्री बने। सिंहको प्रधानमन्त्री कालमा देशले लामो भारतीय नाकाबन्दी खेप्नु पर्यो । जुन आज पनि चर्चा गरिन्छ । भारत नेपाललाई झुकाएर आफ्नो इसारामा नचाउन खोज्ने, तत्कालीन प्रभानमन्त्री मरिचमान र दरबार भारतका सामु नझुक्ने भएका कारण नेपालको तत्कालीन सरकारलाई अप्ठ्यारोमा पार्नका लागि भारतले आर्थिक नाकाबन्दी लगायो । भारतको नाकाबन्दीका विरुद्धमा निडर प्रधानमन्त्री सिंह झुकेनन् बरु सत्ताच्यूत गरिए ।भारतका सामु मरिचमान नझुक्दा उनको राजनीतिक यात्रा त असहज भयो तर उनको देशभक्ति झनझन् जनमानसका अगाडि आयो । नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई अझ माथि उठाइदिएको छ ।

२०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दी समक्ष नझुकेका र भारतले पठाएका गोप्य दस्तावेजमा अपारदर्शी रुपले हस्ताक्षर गर्न नमानेका कारण उनको राजनीतिक जीवनलाई समाप्त पार्ने काम गरियो । त्यसबेला मरिचमानले लिएको राष्ट्रिय अडान नेपाली राष्ट्रवादको मानक हुन सक्छ । उनले राष्ट्रिय स्वाभिमान जोगाउन खेलेको भूमिको चर्को मूल्य तिर्नुपर्यो । उनलाई अपमान गर्न मुलुकका  दलहरु र भारत कम्मर कसेर लागे ।

०६२ –०६३ को राजनीतिक परिवर्तन पछि मरिचमानलाई अपहेलना गर्न जति  तरिका निकालियो त्यति नै तरिका  भारतलाई खुशी पार्न निकालियो । कुनै राजनीतिक र सामाजिक हैसियत नभएका रामराजा सिंहलाई राजकीय सम्मान दिनु भारतलाई खुशी पार्न दलहरुले गरेको अन्तिम चाकडी थियो ।
मरिचमानलाई सिंगो देशले अपमान गर्नु पर्ने कुनै कारण थिएनन् । भारतका कट्टर विरोधी मरिचमानलाई अस्तित्वविहीन पार्दा भारत खुसी हुने भ्रममा थिए,  नेपालका दलहरु  । उनका पंचायतकालीन साथीहरु कुनै न कुनै दलको पुच्छर समातेर भारतको दलाली गर्न लागे तर मरिचमान बरु एक्लिए भारतको गुलामी गरेनन् ।

मरिचमानलाई जीवनभर त अपमान गरियो गरियो मरेपछि पनि उनको राष्ट्रवादी छविसंग डराउनेहरुले अपमान गर्न छोडेनन् । पूर्वप्रधामन्त्रीले पाउने सेवासुविधा खोसिएका मरिचमानको अन्तिम श्रद्धाञ्जलीमा राजकीय सम्मान नदिएर भारतलाई खुशी पार्ने अर्को मौका छोपे दलहरुले । मरिचमानको अपमान नेपालका दलहरुको् हैसियतले मात्र भएको छैन् । दिल्ली अर्थात ‘र’ को आदेशमा उनको अपमान भएको थियो । भारतसंग राष्ट्रियताको टकराव गर्नेहरुको अवस्था यस्तै हुन्छ  भन्ने सन्देश दिनका लागि मरिचमानमाथि भारत लागिपर्यो ।

मरिचमान अहिले हाम्रा माझ छैनन् तर उनको राष्ट्रवाद झनझन् खोजिन थालिएको छ । मरिचमान राष्ट्रप्रति कति संवेदनशील थिए भारतीय नाकाबन्दीको प्रति उनी रत्तिभर अत्तालिएका थिएनन् भन्ने अनेक दृष्टान्तहरु त्यो समयलाई भोग्नेहरुसंग छन् ।

मरिचमान सिंह जनजाति नेवार समुदायबाट पहिलो प्रधानमन्त्री बन्न पुगे । उनलाई राजनीति गर्न त्यति सजिलो थिएन । हकि, निडर उनी बरु राजनीतिबाट अलग्ग बसे तर देश बेचेनन् ।

नाकाबन्दीको जड

वि.सं २०४५ ताका मित्रराष्ट्र भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । उक्त समय नेपालले चीनसँग केही एन्टी एयरक्राफ्ट गन किन्न चाहेको थियो। तर भारतलाई यो मन पर्ने कुरै भएन। तैपनि किन्ने निर्णय भयो। अनि लगाइयो पारवाहन सन्धि नवीकरण नभएको नाममा नाकाबन्दी। भारतले भर्खरै भुटानमा त्यहाँका नेताले चिनियाँ नेताहरुलाई भेटेपछि चुनावको मुखमा पेट्रोलियम पदार्थमा अनुदान कटौति गरेर विपक्षी नेताले चुनाव जितेपछि अनुदान फेरि लागू गरेको घटनालाई रिफरेन्सका रुपमा हेर्न सकिन्छ। पारवहन सन्धि जनआन्दोलनपछि बहुदलवादीहरुको सरकार बनेलगत्तै भएको थियो।

सन्दर्भ सामाग्री

इमेजखबर
माइसंसार
मैले देखेको दरबार, विवेककुमार शाह
मदन पुरस्कार पुस्तकालय
The Challenge to Democracy in Nepal: A Political History,
T. Louise Brown The Democratic Transition in Nepal, Ramjee P. Parajulee

जंगबहादुरका केही किस्सा

नेपालमा राणाशासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंगबहादुर कुँवर, जंगबहादुर राणा) को निधन भएको डेढ सय वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिलेपनि चलिरहन्छ ।

उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण । यहाँ जंगबहादुरका केही किस्साहरू प्रस्तुत गरिएको छः

  • वि.संं १८९८ सालको फाल्गुन महिनामा शिकारका लागि महाराजधिराज श्री ५ राजेन्द्र तराई लागेका थिए । शिकार दलले फेला पारेको जंगली हात्ती नियन्त्रणमा लिन राजा राजेन्द्रले खुब इच्छा देखाएतापनि कसैले समात्न सकेनन् । शिकार दलमा रहेका जंगबहादुरले त्यस हात्तीका दुवै खुट्टामा डोरी बाँध्न सफल भए, जस बापतको पुरस्कार श्री ५ राजेन्द्रबाट जंगबहादुरले नेपाली सेनाको कप्तान पद पाए ।
  • वि.संं १८९८ सालको चैत्र महिनामा बसन्तपुर दरबारमा मत्त राँगोको  पुच्छर पछिल्तिरबाट समाती जंगबहादुरले वशमा लिएका थिए ।यो पनि पढ्नुहोस् जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  • वि.संं १८९९ ताका काठमाण्डाको कुनै एक बस्तीमा आगलागी भएको खबर जंगबहादुरको कानसम्म पुग्यो । उनले उक्त आगलागीमा फसेका आमाछोरीको उद्दार गरे । सोही सालताका मनोहरा नदीमा भीषण बाढी आयो । जंगबहादुरले बाढीमा फसेका २ जना महिलाको चुल्ठोमा समातेर बचाए ।
  • एकबखत दहचोक (हाल चन्द्रागिरि नगर) मा चितुवा आतंकले स्थानीयमा हैरानी भएको जंगबहादुरले सुनेछन्, जंगबहादुरले उत्पात मच्चाउने चितुवा छप्काइदिएको खबर नेपाल खाल्डोमा निकैसम्म चर्चा भइरह्यो । यो घटना भएको केही दिनपछि राजाको हात्ती बहुलाएर आफ्नो माहुतेलाई नै मारिदियो । जंगबहादुरले महाराजको अनुमितिमा हात्ती आउने भनिएको बाटोको एउटा घरमा पसेर झ्यालबाट हात्तीको काँधमा हामफाले र हात्तीको घाँटीमा छुरी धसाई  नियन्त्रणमा लिन सफल भए ।
  • एकपटक युवराज सुरेन्द्र धरहराको बाटो हुँदै कतै सवार हुँदै थिए । जंगबहादुरले यो धरहराबाट फाल हाल्न सक्लान् कि नसक्लान भनि विचार गरि जंगलाई धरहराको टुप्पोबाट हाम फाल्न हुकुम दिए । जंगबहादुरले आफुले हाम फाल्न सक्ने तर सो काम दुई सातापछि मात्र गर्ने बताए । तर दुई सातामा युवराज सुरेन्द्रले उक्त कुरा बिर्सिए ।
  • जंगबहादुर बेलायतमा रहँदाका पनि अनेक किस्सा छन् । एक दिन उनी महारानीसंग बग्गीमा कतै जाँदै रहेछन् । अचानक फुटपाथको भीडबाट एक व्यक्ति फुत्त उफ्रेर आएर महारानीलाई थप्पड हानेर भागेछ । जंगबहादुर फुत्त तरबार कैँचेर त्यसको पछि लाग्न खोज्दा महारानीले ‘यहाँ त्यसरी मान्छे मार्न हुँदैन, प्रहरी छ, पक्राउ गरिहाल्छ’ भनेर रोकिछन् ।त्यसपछि कोही बेलायती ठूलो मान्छेसँग भेट भयो कि जंगले महारानीलाई थप्पड हान्नेलाई के कारबाही भयो भनेर सोध्थे रे । पछि त्यस व्यक्तिलाई दुई महिना कैद सजाय भयो भनेको सुन्दा जंगबहादुर छक्क परेछन् । त्यही घटनाबाट जंगबहादुरमा ऐन बनाउनु पर्छ भन्ने सोच आयो भन्नेहरू पनि छन् ।
  • जंगबहादुर बेलायत जाने बेला पानी जहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको बिरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौं सम्मलाई पुग्ने दाल, चामलपनि साथै लगेका थिए ।
  • बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृश्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दलले आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएका जाँदा बेलायतीहरु रमिता मानेर हेर्थे ।सन्दर्भ सामाग्री
    विभिन्न अनलाइनहरू