धर्मभक्त माथेमा, व्यवसायिक शारिरीक सुगठनका पहिलो नेपाली खेलाडी

वि.सं.१९६६ असोज ९ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका धर्मभक्त माथेमाले भारतको दार्जलिङबाट शिक्षा आर्जन गर्नुभएको थियो । उहाँका पिता आदिभक्त माथेमा राणा शासनमा सुब्बा तहको सरकारी कर्मचारी हुनुहुन्थ्यो ।

इतिहासकारहरूका अनुसार दुई पटकसम्म फाँसी लगाइएको डोरी चुँडिने र हाँगो लच्किएने भएपछि नरशमशेरले बेहोस हुने गरेर कुट्न लगाएर झुण्ड्याएर प्राण लिएको थियो राणा सरकारले।

बाल्यकालमा उहाँ निकै दुब्लो र पातलो धर्मभक्त माथेमालाई दुबलो र पतलो भएका कारण साथीहरुले निकै गिज्याउँथे । कलकत्ता हुँदा उहाँ शरीर बनाउन जिमखाना भर्ना हुनुभयो । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हाँसिल गरेर उहाँ बंगाल च्याम्पियन समेत बन्नुभएको थियो । कलकत्ताबाट काठमाडौं फर्केर उहाँले ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गर्नुभयो । उहाँको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उहाँको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे ।

एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उहाँको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित हुनभयो । पछि त्रिभुवनले उहाँलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त गर्नुभयो ।

धर्मभक्त माथेमा नेपालको राजनीतिक आन्दोलनको नेतामात्र नभएर देशको एक उत्कृष्ट खेलाडी समेत हुनुहुन्थ्यो । माथेमा माथेमा सम्भवतः नेपालको पहिलाे शारीरिक सुगठनका खेलाडी थिए जसले राणाकालीन समयअन्तर्गत वि.सं १९९० को दशकतिर काठमाडौं टुंडिखेलको खुला चौरमा बलिष्ठ शरीरद्वारा पहिलोपटक शारीरिक सुगठन खेलको प्रदर्शनी गर्नुभएको थियो । नेपाल व्यायाम मन्दिरले उनै धर्मभक्त माथेमाको शारीरक सुगठनप्रतिको लगाव र योगदानलाई कदर गर्दै उहाँको स्मृतिमा हरेक साल धर्मश्री देशव्यापी* शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रथम पटक वि.सं २०४२ सालमा नेपाल व्यायाम मन्दिरबाटै अन्तर क्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको शुरुआत भयो।

माथेमाले अध्ययन र राजनीतिसँगै उहाँले आफ्नो खेल क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाउनुभयो   माथेमा नेपालको पहिलो व्यवसायिक शारीरिक सुगठक (प्रोफेसनल बडी बिल्डर) समेत हुनुहुन्थ्यो भने नेपालमा आधुनिक शारीरिक सुगठन प्रविधि भित्र्याउने श्रेय पनि उहाँलाई नै जान्छ ।

राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम सम्बत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभयो । राजा त्रिभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उहाँ लगायत धैरैजनालाई पक्राउ गरियो । उहाँलाई राणाहरुले १९९७ माघ १३ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए । इतिहासकारहरूका अनुसार दुई पटकसम्म फाँसी लगाइएको डोरी चुँडिने र हाँगो लच्किने भएपछि नरशमशेरको आदेशमा बेहोस हुने गरेर कुट्न लगाई झुण्ड्याएर उनको प्राण लिएको थियो तत्कालीन राणा सरकारले।

सन्दर्भ सामाग्री

पुरूषोत्तम शमशेर जबरा
उज्यालो अनलाइन
विभिन्न सामाजीक सञ्जालहरू

माघ १०, शुक्रराज शास्त्रीलाई फाँसी दिइएको दिन

शुक्रराज शास्त्रीको जन्म १९५० श्रावण पूर्णिमाका दिन भएको थियो।

उनका पिता माधवराज जोशीको राणा परिवार तथा जंगबहादुरसँग राम्रो सम्बन्ध थियो। विक्रम संवत् १९३२ तिर माधवराज तीर्थयात्रामा जगन्नाथ र पछि काशी गए। त्यसबेला उनले आर्य समाजका प्रवर्तक दयानन्द सरस्वतीसँग भेट्ने अवसर पाउँदा वैदिक धर्मको प्रचार, व्याख्या सुनेर प्रभावित भए। त्यो प्रभावले उनले आफ्नो देशमा आर्य समाज स्थापना गरे र वेदका ज्ञानअनुसार समाज सुधार अभियान थाले। माधवराज जोशीले कथित तल्लो जातका मानिसलाई समेत वेदको ज्ञान दिलाउन थालेपछि बाहुनहरूले विरोध गरे।

उनीहरूको विरोध सुनेर वीर शमशेरले भनेका थिए– ‘वेद पढ्ने क्षमता छ भने जुन जातका मानिसले पढे पनि के हुन्छ ?’ यस हिसाबले वीरशमशेर त खुसी नै थए। उता श्री ५ पृथ्वीवीरविक्रम शाहले पनि माधवराजले ठीक भनिरहेका छन् भनेका थिए। माधवराजको भनाई थियो– ‘वेद सत्य विद्याका पुस्तक हुन्, वेद पढ्नु, पढाउनु, सुन्नु र सुनाउनु सबै आर्यको परम धर्म हो।’ पछि चन्द्रशमशेरमा माधवराज जोशी सक्रिय हुँदै गए भने जनताका आँखा खुल्छन् र राणा शासनविरुद्ध जनता जाग्न सक्छन् भन्ने डर पैदा भयो। त्यसपछि माधवराजलाई जेल हालियो।

दुई वर्षको जेल सजाय पूरा गरेपछि उनलाई राणाले जेलमुक्त नगर्लान् जस्तो लागेर १९६४ चैतमा उनी जेलबाटै भागे। त्यसपछि आफ्ना परिवार लिएर गोरखपुर र लखनउ र देहरादुन आर्य समाजमा पुगे। उत्तर प्रदेशको सिकन्दरवादमा अमरराज र शुक्रराज छोरालाई गुरुकुलमा भर्ना गराए। छोरी चन्द्रकान्तालाई कन्या पाठशालामा भर्ना गराए। शुक्रराज शास्त्रीले गुरुकुलमा विदालंकार र पन्जाबबाट शास्त्री गरे। भारतमा रहँदा उनले महात्मा गान्धी, सुवासचन्द्र बोससँग पनि भेटघाट गरी नेपालमा समाजबारे विचार आदानप्रदान गरे। चन्द्रशमशेरपछि भीमशमशेर शासनमा आए र त्यसपछि जुद्ध शमशेर सत्तामा रहेका बेला शुक्रराज काठमाडौं आए।

चन्द्र शमशेरले आफ्नो परिवारलाई साह्रै दुःख दिएको कुराले शुक्रराजको मनमा राणा शासनै उखेल्नुपर्छ भन्ने लागेको हुनुपर्छ। काठमाडौंको भोटाहिटीमा आर्य समाजको कार्यक्रम भइरहेको थियो। शुक्रराजले आर्य समाजको नीतिअन्तर्गत देशभित्र व्याप्त अन्धविश्वास, अशिक्षा, जातपात, छुवाछुत, बालविवाहजस्ता कुसंस्कारको विरोध तथा महिला उत्थान अभियान पनि सुरु गरे।

शुक्रराजको विवाह १९९५ मंसिरमा भयो। उनकी श्रीमती गर्भवती थिइन्। बच्चा भएपछि मात्र सभामा भाषण गर्न जानु राम्रो हुन्छ भनेर उनलाई सल्लाह दिए तापनि शुक्रराजले इन्द्रचोकको डबलीमा विशाल जनभेलामा कडा भाषण गरे– ‘जिन्दगीको बाजी लगाऊँ, के बाँच्नु छिःछिः गुलाम बनेर।’ भाषण सुनेपछि शुक्रराजलाई जनताले फूलमालाले सम्मान गरे। यस घटनाबाट राणा डराए। त्यसपछि उनीविरुद्ध षड्यन्त्र बन्न लाग्यो। यति सानो निहुँमै उलाई भोलिपल्टै पक्राउ गरियो। पद्यशमशेरले प्रश्न गरे– ‘खुलेआम भाषण गर्ने ? नेवार भएर वेदको व्याख्या गर्ने ?’ उत्तरमा शुक्रराजले भने– ‘नेवार परिवारमा जन्मिँदैमा गीता र वेदको प्रवचन दिन नपाइने भनेर कुनै शास्त्रमा लेखेको छैन, यो मेरो अधिकार हो।’ यो सुनेर राणा क्रुद्ध भए। राणा र त्यहाँ भएका अरू मानिसले ‘माफी माग, माफी दिन्छु’ भनेका थिए। तर शुक्रराजले भने– ‘मैले के अपराध गरेको छु र माफी माग्ने ?’

त्यसपछि उनलाई साङ्लो लगाएर ३ वर्षको कैद सजाय तोकियो। साङ्लो नमिलेर लगाउन नसक्दा शुक्रराजले भने, ‘राज्यमा एउटा गतिलो साङ्लो त छैन भने अरू के आशा गर्ने ?’ अन्ततः उनी जेल चलान भए। आम जनताका आँखा रसाए। शुक्रराजलाई जेल चलान गरेको ५ दिनपछि पत्नी मेनका देवीले छोरी जन्माइन्। तर ज्वरो आएर उनले प्राण त्यागिन् भने छोरीको पनि मृत्यु भयो। शुक्रराजलाई जानकारी गराइए पनि अन्तिम भेट गर्न पनि दिइएन।

विक्रम संवत् १९९७ माघ ९ गते राति मोटरमा राखेर उनलाई टेकु वाग्मतीतिर लगियो। र रूखमा झुन्ड्याएर मारियो।

। नेपालमा जहानियाँ राणा शासनको अत्याचारको पराकाष्ठा नाघिसकेको थियो। शुक्रराज शास्त्रीलाई फाँसीमा चढाउन लागेको अवस्थामा वेद र गीता पाठ गरेपछि उनले भने, ‘घाँटीमा फाँसीको फन्दा म आफैं लगाउँछु, तिमीहरूले गल्ती गर्लाऊ। म निरपराधी हुँदा पनि तिमीहरूले मृत्युदण्ड दिदै छौं, अब तिमीहरूले भोग्नुपर्ने हुन्छ, अनेकौं प्रायश्चित गरे पनि शान्ति पाउने छैनौ, तिमीहरूको कुलको सबै नास हुनेछ, अत्याचारी राणालाई सद्बुद्धि देऊ ओम तत्सत्।’ यति भनेपछि उनको खुट्टाले टेकेको इँटा धकेलियो र खुट्टाले भुइँ छाड्यो। अनि उनी सहिद भए।

शुक्रराजको हल्लिरहेको शरीरको छातीमा राणाले लेखेका थिए– ‘गद्दी ताक्नेलाई यस्तै दण्ड हुन्छ।’ शुक्रराज शास्त्री नेपाली जनमानसमा अमर भए।

सन्दर्भ सामाग्री

दीर्घराज प्रसाई, प्रकशित मितिः ९ माघ २०७६
विकिपिडिया