लुक्ला विमानस्थल: २ हजार ६ सय ५० डलरमा किनिएको भिरालो बारी

वि.सं २०२८ सालबाट नियमित उडान हुन थालेको लुक्लाबजारको दायाँपट्टी अवस्थित विमानस्थललाई प्रथमपटक सर्वोच्च शिखरको शिर चुम्न सफल भएका  तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्मानमा वि. सं. २०६४ पुसमा तेन्जिङ हिलारी विमानस्थल नामाकरण गरियो ।

संसारभरका विमानस्थलमध्ये रोमाञ्चक अनुभूति दिने विमानस्थलको सुचीमा यो आठौँ स्थानमा पर्ने बताइन्छ ।

विमान चालकहरूका अनुभवलाई सुन्ने हो भने रन वे सकिना साथ सय मिटर अग्लो ढुंगाको भित्तामा ठोकिनबाट जोगिन विमानस्थल नजिक पुग्दा जहाज सावधानीपूर्वक रोकिनु अत्यन्त जरुरी छ । जहाँ गल्तीका लागि कुनै छुट छैन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ जुन अरू विमानस्थल भन्दा छोटो हो ।

छोटो धावनमार्ग भएकाले त्यहाँ ’ओभरशूट’ सम्भव छैन् । एकछेउमा सातसय मिटर अग्लो भीर पनि भएकाले यो विमानस्थललाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ ।

वर्षेनी हजारौँ पर्यटकहरू लुक्ला हुँदै सगरमाथाको आधार शिविरतिर जान्छन् । सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि एकमात्र यातायातको विकल्प भनेको विमान हो । पदयात्रीहरू प्रायः लुक्लाबाट हिँड्न थाल्ने हुँदा वसन्त ऋतुमा त्यहाँ हवाई चाप बढी हुने गर्छ । पछिल्ला वर्षमा त्यहाँ दैनिक एक सयभन्दा बढि उडान हुन थालेका छन् ।

सर्वोच्च शिखर विजयी एडमण्ड हिलारीको अग्रसरतामा सगरमाथा क्षेत्रको सामिप्यतामा विमानस्थल निर्माणका लागि भएका थुप्रै सम्भाव्यता अध्ययनपछि लुक्लामा विमानस्थल बनाउने कार्य वि.सं २०२१ सालमा थालनी भएको हो । विमानस्थल भएको हालको स्थान स्थानीय शेर्पा समुदायको खेती किसानी गर्ने बारी थियो तसर्थ उनीहरू आफ्नो उब्जनीयोग्य जमिन विमानस्थलका लागि दिन तयार भएनन् अन्ततः हिलारीले तत्कालीन समयमा २ हजार ६ सय ५० डलरमा उक्त भिरालो बारी खरिद गरि ती नै जग्गाधनीहरूलाई विमानस्थल बनाउने काममा लगाउने गरि खरिद गरे ।

भिरालो जमिनलाई सम्याउन प्रतिकुल भौगोलिक अवस्थितिका कारण कुनै उपकरण लुक्ला पुर्याउन असम्भव भएको सन्दर्भमा उक्त जमिन सम्याउन हिलारीले नयाँ उपाय फुराए । स्थानीय शेर्पाहरूलाई मदिरा खुवाएर उक्त भिरालो जमिनलाई समतल बनाउने ध्येयले हिलारीले शेर्पाहरूलाई प्रस्तावित विमानस्थलको जमिनमा नचाउन थाले भने कतिपयलाई लठ्ठाहरूको सहयताले तान्न लगाए (तस्वीर हेरौं) । ठुल्ठुला काठका मुढाहरू घिसार्दै मैदान सम्याउने क्रम पछिसम्मै रह्यो ।

देशका अत्यधिक चाप भएका विमानस्थल मध्येको एक यस विमानस्थलको रन वे लामो समय घाँसे मैदान जस्तै थियो भने वि.सं २०५८ सालमा कालोपत्रे गरियो ।

बढ्दो हवाई चापलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारले हाल लुक्ला विमानस्थल क्षेत्रमा कम्तीमा ५ वटा नयाँ हेलिप्याड बनाउने तथा रन वे को स्तरोन्नतिको कार्य गरिरहेको छ जुन सन् २०२० को अन्तसम्म लक्ष्य राखिएकोमा उक्त अवधिमा कामले मुर्तरूप लिन सकेको छैन् । यस विमानस्थलमा सन् १९७३ देखि हालसम्म सानाठुला गरि कम्तीमा १ दर्जन दुर्घटना हुँदा थुप्रै स्वदेशी तथा विदेशी नागरिकले अकालमा ज्यान गुमाएका छन कैंयन् अंगभंग भएका छन् ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
डउड हल

“त्यो बेला काठमाण्डाैका सडकमा प्रशस्तै बाघ छापे ट्याक्सी भेटिन्थे”

नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले नेपालमा पहिलोपटक विश्वविद्यालयको अवधारणा ल्याएको पाइएको छ । नेपालमा विश्वविद्यालय खोल्ने तयारी शमशेरले २००४ सालमै गरेको भेटिएको हो । नेपालका नयाँ श्री ३ महाराज एवम् प्रधानमन्त्री भएका मोहन शमशेरको सिन्दूरजात्रा हनुमानढोका दरबारमा भएको बेलामा मोहन शमशेरले आफ्नो आगामी नीति तथा कार्यक्रमलाई समेटेर वक्तव्य जारी गर्दा विश्वविद्यालय स्थापना गर्ने विषय यसरी लेखेका थिए – ‘उच्च शिक्षाको पनि नितान्त आवश्यकता भएकाले नेपालमा एक विश्वविद्यालयको स्थापना गर्ने हाम्रो लक्ष्य छ ।

यसका लागि कस्तो बन्दोबस्त चाहिन्छ, सबै कुरा विचार गरी एक मोटामोटी योजना खडा गरेर हाम्रा हजुरमा सकभर चाँडो जाहेर गर्नका लागि एक विश्वविद्यालय योजना जाँचसभा (कमिसन) मुकर्रर हुनेछ । यसबाट चाँडो काम भई हाम्रो अभिलाषा सफल हुनेछ भन्ने आशा गरिबक्सेका छौँ ।”

पछि शिक्षा विभागका तत्कालीन डाइरेक्टर जनरल मृगेन्द्र शमशेरको नेतृत्वमा २५ सदस्यीय विश्वविद्यालय योजना सभाको गठन पनि भएको इतिहास भेटिन्छ । विजय शमशेर उपाध्यक्ष रहेको उक्त समितिका सदस्यहरूमा लेक सुवणर् शमशेर, नायब बडागुरुज्यू हेमराज पण्डित, गुरु नयनराज धर्मशास्त्राचार्य, मेक बालकृष्ण (सम) जबरा, लेक खड्गनर्सिंह राणा, जीतेन्द्रबहादुर शाह, यज्ञबहादुर बस्नेत, सूर्यजङ्ग थापा, गुञ्जमान सिंह, रुद्रराज पाण्डेय, नरेन्द्रमणि आदी, सिद्धिमणि आदी, भीमबहादुर पाँडे, प्रो. हृषीकेश शाह, बोधविक्रम अधिकारी, प्रो. सुधीरकुमार राय चौधरी, प्रो. क्षितीशचन्द्र चक्रवर्ती, प्रो. आशुतोष सेन, प्रो. आशुतोष गाङ्गुली, प्रो. भवनाथ उपाध्याय, प्रयागराज पाण्डे, वेदनाथ र गजानन्द देवरात रहेका थिए ।

उक्त समितिको उद्देश्य ‘नेपालमा उच्च शिक्षाको उन्नति र अनुसन्धान गर्ने विश्वविद्यालय स्थापनाका लागि योजना बनाई श्री ३ महाराजका हजुरमा पेस गर्ने’ भन्ने थियो । मृगेन्द्र शमशेरले इन्डियामा पत्राचार गरी त्यहाँको विश्वविद्यालयको ऐनसमेत प्राप्त गरिसकेको इतिहासमा भेटिन्छ । तर त्यो समयमा विश्वविद्यालयको काम अघि बढ्न सकेको थिएन ।